Library
श्री सरस्वती माध्यामिक विद्यालयको पुस्तकालयमा विभिन्न प्रकाशनका पुस्तकहरू र शैक्षिक जर्नलहरूको विविध संग्रह उपलब्ध छ। यो पुस्तकालय विद्यार्थीहरूको अध्ययन, अनुसन्धान, र व्यक्तिगत विकासका लागि महत्त्वपूर्ण स्रोतको रूपमा सेवा गर्दछ। यसले मानवीकी, व्यवस्थापन, र शिक्षाशास्त्रको पाठ्यक्रमलाई समर्थन गर्दै सबै शैक्षिक स्तरका विद्यार्थीहरूको आवश्यकतालाई सम्बोधन गर्छ। आरामदायी अध्ययन क्षेत्र र विभिन्न विषयहरूको विस्तृत दायरासहितको पुस्तकालयले विद्यार्थीहरूमा अध्ययन र बौद्धिक जिज्ञासाको संस्कृतिलाई प्रोत्साहित गर्दछ।
LIBRARY OVERVIEW
किताब
| किताबको विवरण | संख्या |
|---|---|
| पाठ्यपुस्तकको संख्या | ४,९५६ |
| सन्दर्भ(Reference) पुस्तकको संख्या | ३,६७० |
हालका जर्नल र प्रतिवेदन
| जर्नल र प्रतिवेदन | संख्या |
|---|---|
| नेपाली जर्नल | ४२ |
| अन्तर्राष्ट्रिय जर्नल | ०८ |
| समाचारपत्र (राष्ट्रिय र अन्तर्राष्ट्रिय) | १६ |
BOOKS BURROWING TIME
विद्यार्थी, शिक्षक, वा कर्मचारीले घर लैजान सक्ने किताबहरूको संख्या
| तह | किताबको संख्या | उधारो समय |
|---|---|---|
| कक्षा ८ सम्म (Lower Secondary) | १ | १ हप्ता |
| माध्यमिक (कक्षा ९-१०) | २ | २ हप्ता |
| क्याम्पस (Campus) | ५ | १ महिना |
| स्टाफ (Staff) | २ | १ महिना |
Note: समय सीमा भन्दा बढीमा किताब नफिर्ता गरेमा, प्रति दिन ५ रुपैयाँ जरिवाना लाग्नेछ।
OPENING TIME
पुस्तकालय हप्तामा ६ दिन, आइतबार देखि शुक्रबार सम्म, बिहान ६:३० बजे देखि साँझ ५ बजे सम्म खुला रहनेछ।
LIBRARY STAFFS
Devendra Kathayat
Library Officer
