श्री सरस्वती सेकेंडरी स्कूलले २०८१ सालको अभिभावक-शिक्षक बैठक आसार महिनामा सफलतापूर्वक आयोजना गरेको छ। यो बैठक तीन दिनसम्म चलेको थियो, जसमा विद्यालयका सबै विद्यार्थीहरूको अभिभावकहरूसँग विस्तृत छलफल गरिएको थियो।
बैठकको पहिलो दिन, हामीले लोवर सेकेंडरी (कक्षा ८ सम्म) का विद्यार्थीहरूको अभिभावकहरूसँग साक्षात्कार गरेका थियौं। दोस्रो र तेस्रो दिनमा, माध्यमिक (कक्षा ९-१०) र क्याम्पसका विद्यार्थीहरूको अभिभावकहरूसँग पनि बैठक सम्पन्न गरियो। यस बैठकमा, शिक्षकहरूले प्रत्येक विद्यार्थीको प्रगति, कमजोरी, र सुधारका क्षेत्रहरूको बारेमा अभिभावकहरूसँग छलफल गरे।
यो बैठकले शिक्षक र अभिभावक बीचको सहकार्यलाई सुदृढ गर्न र विद्यार्थीहरूको शैक्षिक यात्रा सुधार्न महत्त्वपूर्ण भूमिका खेलेको छ। सबै अभिभावकहरूको सक्रिय सहभागिता र सुझावहरूले विद्यालयको शैक्षिक वातावरणलाई अझै समृद्ध बनाउने आशा गरिएको छ।
सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि हामी सबैका मिलेर काम गर्दै जानेछौं। हाम्रो यो प्रयासमा अभिभावक र शिक्षकको सहकार्यलाई धन्यवाद दिन चाहन्छौं।

